अमेरिकी हवाइ आक्रमणमा ५० जना तालिवान लडाकू मारिए

अफगानिस्तान, साउन २१ । अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार (आज) बताएका छन् ।

आक्रमणमा अन्य तीनजना घाइते भएका बताइएको छ । स्थानीय प्रहरी प्रमुख गुलाव मंगलले बताए, ‘मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीनजना विद्रोही घाइते भएका छन् ।’ उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ ।

घटनाबारे शनिबार (आज) एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गरेका छन् ।
विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *