भरतपुर महानगरको मतगणना जारी, प्रमुखमा माओवादी केन्द्रकी दाहाल अग्र स्थानमा

चितवन, साउन २१ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा पछि पर्नुभएको छ । पछिल्लो परिणाम अनुसार रेणु ५७ मतले अघि हुनुभएको हो ।
अहिले २० नम्बर वडाको २ हजार मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।
पछिल्लो मत परिणाम
रेणु दाहाल – ४२५८९
देवी ज्ञवाली – ४२५३२
– वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर १९ को मतगणना सकिँदा रेणुभन्दा देवी २ सय २१ मतले अघि हुनुहुन्थ्यो ।
– २९ वडा रहेको भरतपुरमा १९ र २० बाहेक २७ वटा वडाको परिणामअनुसार एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याउनुभएको थियो भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १ सय ९४ मत थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *