भरतपुर–२० को मतगणना सुरु, सबै मतपरिणाम आइतबारसम्म आउँने

काठमाडौं, साउन २१ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगाणना सुरु भएको छ ।

१९ को मतगणनामा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी प्रमुख रेणु दाहाल भन्दा २२१ मतले अगाडि छन् । अहिले २० नम्बर वडामा ३ हजार ३०२ मत मतगणना जारी छ ।

१९ मा २ हजार ८७० मतमध्ये दाहालले १ हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गरेका थिए । तैनाथ खटिएका सुरक्षाकर्मीहरुले मतगणना परिसरमा कडा भन्दा सुरक्षा दिइरहेका छन् ।

त्यस्तै, यसअघि वडा नम्बर १८ को गणनाक्रममा ज्ञवाली रेणु भन्दा ७८४ मतले अगाडि थिए । २९ वटा वडा रहेको भरतपुरको नतिजा आज साँझसम्म आउने बताइए पनि त्यो सम्भावना कमै रहेको बताइएको छ । मतपरिणाम आइतबार बिहानसम्म आउने आंकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *