राष्ट्रपति विद्या भण्डारी र रेणु दाहालकी साथी ‘सीता आमा’ र ‘हेम’ को हुन् ?

देख्ने जो कोहीले सजिलै अनुमान गर्न सकिन्थ्यौँ,उनीहरू श्रीमान् श्रीमती हुन् । किनकि कुनै महिला र पुरुष सँगै भएको अवस्थामा नेपाली समाजमा त्यसलाई जोडीको पगरी भिराउने चलन छ । गत शनिवार अनामनगरस्थित घट्टेकुलो चोकको मन्दिर अगाडि दुई जना ‘कपल पात्र’ देखिए । एक जना स्वर सम्राट नारायण गोपाल, गायक रामकृष्ण ढकाल र यश कुमार परियारको गीत गुनगुनाउँने र अर्काे कार्यक्रम उद्घोषण गर्ने । तर, दर्शकहरु कोही देखिएनन् ।

त्यसदिन न्युज अपडेट गर्ने क्रममा एक्कासि लाइन काटियो । घट्टेकुलोको अफिसबाट फटाफट न्युज अपडेट भइरहेको थियो । कम्प्युटरको माउस सार्दै गर्दा झ्याप्पै लाइन कट्यो । त्यसपछि फुर्सदको सदुपयोग गर्ने ध्याउन्नले र ‘रिफ्रेस’ हुन दुई तले भवनबाट तल ओर्लिए । घट्टेकुलो मन्दिर अगाडि सङ्गीतको धुन बजिरहेको रहेछ । त्यतैतर्फ लागे ।

कालो चस्मा लगाएका एक जना पुरुष मन्दिर अगाडि हातमा माइक समाएर गीत गुनगुनाइरहेको थियो । सामुन्ने राखिएको साउण्ड बक्सले आवाज फ्याकिरहेको थियो । साउण्ड बक्ससँगै राखिएको सहयोग बक्समा कसै कसैले रुपैयाँ खसालेको देखिन्थ्यौँ । पुरुष नजिकै एक जना महिला खाता पुस्तिका पल्टाउँदै थिइन् । उनले पनि कालो रगंकै चस्मा लगाएकी थिइन् । माथि आकाशतिर हेर्दा कालो बादल मडारिन थालको थियो । पानी चुहिने सङ्केत गर्दै थियो । मन्दिरको ५० मि. पर बसेर उनीहरूको कला हेर्न थाले । तर, उनीरुहलाई राम्ररी नियाल्न नपाउँदै छिट छिट पानी खस्न थाल्यो ।

लाइन आउँने अत्तोपत्तो थिएन । दिउँसोको करिब दुई बजेको हुनसक्ला । आकाशबाट पानी खस्न थालेको थियो ।मलाई,उनीहरुबारे जान्ने कौतुहुलता जाग्यो । र, उनीहरूकै नजिकै गए । पुरुष आफ्नै सुरमा गुनगुनाइरहेको थियो । त्यसपछि नजिकै बसेकी महिलालाई सोधपुछ गर्न थाले । उहाँको नाम ? ‘नाम ? हेम नेपाल ।’ तर,उनले मेरो प्रश्नको उत्तर दिन नपाउँदै मुसलधारे पानी बर्सियो । हामी तिनै जना हतार हतार ओत लाग्न बायाँपट्टिको मन्दिर छेउतर्फ लाग्यौँ । ओत लाग्न नपाउँदै खहरे खोला उर्लिएझै सडकबाट पानी बग्न थाले । एक अर्काबीचको कुरा बुझ्न गाह्रो भइरहेको थियो एकछिनको कुराकानीपश्चात् मैले उनीहरू दुवैलाई अफिसमा लिएर आए । ती महिलाको नाम रहेछ, सीता दुलाल ।

त्यसपछि सुरु भयो, ‘फेस टु फेस’ अन्र्तक्रिया । यसअघि दुवैको नाम थाहापाइसकेको थिए । तर, घर र ठेगाना पत्तो लागेको थिएन । कुरा पुरुषबाटै सुरु भयो । हेम,धाइजाङ–६ सरेडाँगे,झापाका रहेछन् । हाल, बुद्ध दृष्टि अपाङग आश्रमका उपाध्यक्ष ।

उनले आफ्नो परिचयसहित आत्मवृतान्त कहन थाले । देउसी भैलौबाट पाएको रकमले काठमाडौँ छिरे । २०३६ साल असोज १ गते जन्मिएको हु । जन्मैदेखि दृष्टिविहीन भए । सानो छँदा समाजमा सबैले ‘अन्धो अन्धो’भनेर हेप्थे । मलाई पर्न सम्म पिर पर्‍यो । समाजमा बाँच्न नसकिने रहेछ । आफू मात्रै हैन परिवारलाई पनि बोझ भयो भन्ने लाग्यो । समाजबाट निकै तिरस्कृत हुनपर्यो । पछि काठमाडौँ आए । ल्फासब्याकतिर फर्किदै भने,बाहिरी र भित्री संसार उस्तै रहेछ । ‘हात्ती छाप चप्पल जस्तै ।’ त्यसैले सबैभन्दा ठुलो कुरा बानी नै रहेछ । पहिले पहिले यो संसार कस्तो होला जस्तो लाग्थ्यो । तर,अहिले केही जस्तो फिल नै हुँदैन । धरानको श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कक्षा आठ सम्म अध्ययन गरे । प्रवेशिका परीक्षा श्री शहीद दशरथ माध्यमिक विद्यालय धाइजाङ–६ झापाबाट उतीर्ण गरे ।
‘त्यसपछि अध्ययन गर्नु भयो कि भएन ?’ मैले प्रश्न तेर्साए

ब्याचलर सके त । उच्च तह अध्ययनका लागि बिर्तामोड कन्काई बहुमुखी क्याम्पसमा भर्ना भए । त्यति बेला क्याम्पस प्रमुख जयनारायण ढुंगाना हुनुहुन्थ्यौँ । अध्ययनको क्रममा निकै समस्या खेप्नुपर्यो । काठमाडौँ आएर कम्प्युटर र भाषा सिके । काठमाडौँ बसाई ठ्याक्कै १७ वर्ष भयो । ०५७ सालतिर काठमाडौँ आए ।

उनीबारे अझ थप जान्ने जिज्ञासा छायो,फेरि प्रश्न गरे–‘पढाई आरम्भ कसरी गर्नुभो ?’
अहिले रामकृष्ण र नारायणगोपालका गीतहरू सडकका कुना कन्दरातिर गाउँने गर्छु । मैले ब्रेनलिपीबाट अक्षर चिने । जुन लुइज ब्रेनले आविष्कार गरेका हुन् ।

बोल्न एक छिन रोकिएर हाँस्दै भने–‘बिहान चाँडै उठ्न गाह्रो पो लाग्छ ! किन ? मैले सोधे । ‘लठ्ठीको सहारा चाहिन्छ ।’ उनले जवाफ फर्काए ।

त्यसपछि प्रसङ्ग बद्लियो । उनले कुकुरको कुरा झिके । तपाईँलाई थाहा छैन । मेरो प्यारो साथी त कुकुर पो थियो । कुकुरको सहाराले गाउँ डुल्थे । पछि त्यो कुकुर मर्यो । उनले यसो भनिरहँदा पाँच कक्षामा पढ्दै गर्दा सन्तु र उसको कुकुरको याद दिलायो । सन्तु र कुकुर उनी नै थिए जस्तो लाग्यो ।

उनले कुरालाई अघि बढाइनै रहे । मलाई जेठो भने पनि कान्छो भने पनि हुन्छ । हामी जुम्ल्याहा हौँ । आधा घण्टाको फरक । अहिले भाइ साउदी अरबमा गाडी कुदाउँछ । मचाहिँ सडकतिर ‘साउण्ड बक्स’घन्काउँछु । उसले बिहे गरिसकेको छ । एउटा छोरा र छोरी छन् । छोराछोरी गुडिया जस्तै पो छन् त !

कसरी देख्नु भो ? मैले प्रतिप्रश्न गरे ।
हत्तेरी,मनबाट देखिहाल्छु नि । कस्तो गोरा छन् । तिनीहरुकोे टाउँको पनि गुडिया जस्तै छन् । मैले दुवैलाई मेरो काखमा राखेर खेलाएको छु । मेरो बुहारीको नाम पुष्पा हो ।

त्यसपछि उनले कुरा जागिरतिर मोडे । जागिर खान कहाँ पुगिएन । माइतीघरस्थित युनाइटेड मिसन टु नेपालमा पनि पुगे । त्यहाँ नारायण कार्की हुनुहुन्थ्यो । त्यसपछि त कति ठाउँमा पुगे,पुगे । आफैलाई थाहा छैन । नेत्र सङ्गीतमा पनि गीत गाउन गइयो तर फेल भइयो । त्यसपछि पुस्तक, लप्सीको अचार, चियापती, साबुन धुप, कलम बेच्न थाले । अहिले गीत बेचिरहेको छु । भर्खंरै संस्था दर्ता भएको छ । अब हेरौँ के हुन्छ ? अहिले म संस्थाको उपाध्यक्ष छु । अध्यक्ष मदन कुमार राई हुनुहुन्छ नि !

अहिले कहाँ बस्नुहुन्छ ? आफू नजिकै बसेकी सीतालाई समाउँदै–‘यो हाम्रो सीता आमा हो । म चाहिँ उनीसँगै एउटै घरमा बस्छु । साथीहरूले सीतु आमा भनेर पनि भन्छन् । उनैले खाना दिन्छिन् । लुगा पनि धोइदिन्छन् । उनै हुन् मेरी आमा । हामीले सीता नाम चाहिँ भर्खंरै राखेका हौँ ।’

उनलाई जीवन साथी पाए बिहे गर्ने पनि सोच रहेछ । हाँस्दै भन्छन्–‘बिहे गर्न मन लाग्छ नि । लामो कपाल भएकी । अग्ली । गोरी । पढेकी । संस्था चलाउन सक्ने खुवी भएकी ।’ उनले यति के भन्न मात्र पाएका थिए । फिल्ममा हिरोइनको प्रवेश झैँ गरेर सीताले चस्मा मिलाउँदै भनिन्,‘दाइ बढी नबोल्नु न हौँ ?’

‘के भको कुरा गरेको हो । नभएको कुरा हो र । मनले बोल भनेपछि बोल्नुपर्छ । झुटो बोल्नुहुँदैन । तिमीले नै सिकाएकी हैनौँ र ।’ हेमले यति भनिसकेपछि सीता एक छिन मुस्कुराईन् ।

र, उनले आफ्नो कुरा अगाडि बडाइन् ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हामी एउटै घरमा बस्न थालेको ।

मेरो घर ओखलढुंगा । हाल कपनमा हेम दाइ र म एउटै घरमा बस्छौ । कोठा भाडा सडकमा गीत गाएको रकमले तिरिन्छ । गाँस पनि त्यसबाटै जुटाइन्छ । उनले यसै गरी भनिन्–‘म उहाँकी दोस्री श्रीमती हुँ । अलग्गिएर बसेको सुनाइन् । उनले पतिबारे खुल्न चाहिनन् । त्यसपछि कुरालाई अन्तै मोडिइन्,मेरा दुइटा छोरा छन् । एउटा १२ मा पढ्दै छ । पछि उनीहरूले हेर्छन् भन्ने आशा छ ।’

नेपाल नेत्रविहीन सङ्घको कार्यालय सुकेधारा कोलनी सारियो उनले भनिन्–‘मलाई झ्न सजिलो भयो काम गर्नलाई । मैले शिक्षिक भएर पनि काम गरे । मिलनचोकको प्रिस्टन एकेडेमिमा विद्यार्थीहरूलाई पढाए । यसैक्रममा दृष्टिविहीन दिदी बहिनीहरुसँग चिनजान भयो । देउसी भैलो कार्यक्रमको चिठी बाँडिदिन अनुरोध गरे । त्यस दिनदेखि म उहाँहरुसँगै छु ।’
‘यो स्टिक मैले चिनेको थिएन ।’ लठ्ठी देखाउँदै लठ्ठीबारे जानकारी गराईन् ।,‘दृष्टिविहीनहरुले कम्तिामा पनि दुई महिना यो लठ्ठीबारे जानकारी लिएर हिँडडुल गर्न सक्छन् । किनकि यसको आफ्नै विशेषता छ ।’

अनि संस्था कसरी खोल्ने ? अघिल्लो वर्षको देउसी भैलोमा एक लाख ७० हजार रकम जम्मा भयो । यतिले मात्र संस्था निर्मांण गर्न सम्भव छैन । राज्यले पनि हेर्छ भन्ने आशा छ । १९ वर्षपछि स्थानीय चुनाव भएको छ । नगरपालिकामा बजेट छुटिदा वृद्धा, अपाङगहरुलाई पनि हेरिन्छ होला भन्ने लागेको छ । उनले लामो सास तान्दै भनिन् ।

उनले म कुनैबेला यस्तो पनि थिए भनेको भए प्रसङ्ग अर्कै जन्मन्थ्यौँ तर बाहिर पानी रहने सङ्केत दिएकाले त्यति धेरैबेर कुरा गर्न पाइएन । तर, पनि राजनीति जीवनबारे केही मिनेट बहस चल्यो । उनले एक्कासि भन्न थालिन् जतिबेला प्रकाश मावि घोडाखोरीमा आठ कक्षामा पढ्दै गर्दा नै राजनीतिमा सक्रिय भई लागे । विद्यार्थी जीवनबाट नेकपा एमालेमा प्रवेश गरे । विद्यार्थी सङ्गठनको महासचिव पनि भए । अध्यक्ष हरिप्रिय ढुंगेल थिए । अहिले उहाँ अमेरिका हुनुहुन्छ । एसएलसीपछि अखिल नेपाल महिला सङ्गठनबाट जिल्ला महासचिव भएर काम गरे । अध्यक्ष यशोदा वाग्ले हुनुहुन्थ्यौँ । त्यति बेला द्धन्द्धकाल थियो । ती दिनहरू भन्न थाले समयले पुग्दैन । उनले भनिन्, त्यसपछि ०५६ सालमा काठमाडौँ आए ।

तर, ०६१ सालमा एमालेबाट माओवादी पार्टीमा प्रवेश गरे । किन ? उनले तत्काल जवाफ दिए,परिस्थितका कारण । जातीय, वर्गीय विभेद तोड्नका लागि । मदन दाइ बाच्नु भएको भए माओवादीले जन्म लिँदैनथ्यौँ । आज उहाँ हामीसामू हुनुहुन्न । त्यस्तै, सर्वहाराका नेता प्रचण्ड आज हामीसामू हुनुहुन्छ ।

फेरी उनले कुरा जोडिइन् माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल र हिसीला यमी र राष्टपति विद्या भण्डारीको । उहाँहरू तीनैजना एक समयका घनिष्ठ मित्रहरू हुनुुहुन्छ । हामी सँगै सडकमा आन्दोलनमा उत्रियौ,सँगै नाच्यो । विद्या दिदीसँग त तिज पनि सँगै मनायौँ । उनले यसै गरी भनिन् ।

साथीहरुबाट केही अपेक्षा गर्नुभएको छ ?

मैले प्रश्न सोध्नै नपाई उनले हातले रोक्न खोज्दै बेलिबिस्तार लगाउँन थालिन्, ‘हैन हैन । मजस्ता पीडितहरु धेरै छन् । देश आफै दुखी छ । म र हेम दाईहरुले पनि पहिला आफ्नो बाटो तय भएर जानुनैछ । त्यसैले उहाँहरूले आफ्नो निजी खल्तीबाट झिकेर दिने होइन नि । रेणु दिदी,विद्या दिदी पनि जनताकी छोरी हुन नि । उनलाई पनि दुः ख छ । देशको सम्पत्ति त्यत्तिकै झिकेर दिने होइन ।’

अहिले म बुद्ध दृष्टि अपांग संस्थाको सदस्य छु । संघसंस्थालाई अघि बढाउन हामी सबै जना लागिपरेका छौँ । संस्था दर्ता हुनेवितिक्कै ह्वात्तै अघि बढ्दैन । समय लाग्छ । अनि कोठा भाडाचाहीँ नि मैले सोधे,हामीले आ–आफै रकम जम्मा गरेर जीवन चलाएका छौँ । कोठा भाडा मेरो चार हजार र मेरो चार हजार छ । जसोतसो बाचिएको छ । उनले भनिन् ।

दिनमा कति कमाई हुन्छ ?
आज देखि हाल्नुभो । झ्याम्मै पानी परेर, बर्बाद । नागपञ्चमीमा राम्रै दाम कमाइयो । आज त रित्तै । यसरी नै घुम्दै फिर्दै काठमाडौँ चहार्दै छौँ । त्यहीँ पैसा अपाङग संस्थाका लागि छुट्याउने गरेका छौँ । अब भदौभित्र नै यो संस्था ओपनिङ गर्ने तरखरमा छौ । त्यसपछि सबैलाई रोजगारी पनि दिइन्छ । कसरी ? धुप, साबुन, गीत सङ्गीत, सिकाएर आत्मनिर्भर बनाउँने हो । उनले सजिलै उत्तर दिइन् ।

……….झ्यालबाहिर आँखा डुलाउँदै भनिन्, ‘पानी पनि रह्यो अब त कमाई थाल्नुपर्यो नि !’ अहो ! भन्न झन्डै भुलेछु । यही भदौ महिनामा हाम्रो संस्थाको उद्घाटन छ । आउन नभुल्नुस है । उनले मोबाइल नम्बर टिपाइन् ९८०३३२१२७९

                                                                                                  प्रस्तुति : लोक राज रुम्दाली 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *