रौतहटमा जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाहरु त्रसित

“रौतहट, साउन २१ । रौतहटमा जंगली हात्तीले आतंक मचाउन थालेपछि स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । जिल्लाको उत्तरी भेगस्थित गैडाटारमा हात्तीले आतंक मच्चाउन थालेपछि गएको दुई सातादेखी ती स्थानका बासिन्दा चिन्तित बनेका छन् ।
रातीको रात घर नजिकै रहेको जंगलबाट आउने हात्तिको समूहले आफुहरुको घर भत्काउनुको साथै बालीनालीमा क्षति पु¥याउने जस्ता दुख दिरहेको स्थानिय बासिन्दाले बताएका छन् । हात्तीको आतंकले ती स्थानका बासिन्दा रातभरी जाग्रममा बस्न पनि बाध्य भएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *