भरतपुर महानगरः १९ नम्बर वडामा रेणु, समग्रमा देवीको अग्रता

चितवन, साउन २१ । भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को ४ सय १ मत गन्दा एमालेका देवी ज्ञवालीले यो वडामा १४५ र रेणु दाहालले २०४ मत पाउनु भएको छ ।

पछिल्लो मत परिणाम

वडा नम्बर १९ (४०१ मत गन्दा)

  • देवी ज्ञवाली–१४५
  • रेणु दाहाल–२०४

कुल

  • देवी ज्ञवाली–४११२५
  • रेणु दाहाल–४०४००

पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १९ मा रेणु दाहालले अग्रता लिनुभएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ ।

१९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ । पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो ।

मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।

भरतपुर महानगरपालिका–१९ मा शुक्रबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो । भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ । ४०१ मत गन्दा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *