बाबुरामको मूत्रथलीको सफल शल्यक्रिया
मकालु खबर
२०७४ जेठ १५ गते
“
भक्तपुर, साउन २० । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।
गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा शुक्रबार अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
डा. बर्माले भने–‘पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।’
अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया