भरतपुरमा सिंगो राज्यसत्ता म विरुद्ध खनियो : ज्ञवाली

साउन २०, मकालु खबर । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफू विरुद्ध खनिएको आरोप लगाएका छन् ।

ज्ञवालीले आफूलाई हराउन अरवौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी समेत गरेका छन् । वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्मी माझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले गएराति १ बजे आफ्ना प्रतिद्धन्दी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति जनाएका हुन् ।

ज्ञवालीले मतदाताले मतपत्र च्यात्नेलाई मतदानबाटै दण्डित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आम मतदाताले मतपत्र च्यातेर जनताको मन च्यातेको टिप्पणी पनि गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *