अनमोलबाट निस्केको ‘सुनौलो’को काम !

मान बहादुर साउद, निर्देशक,अनमोल आयुर्वेद

यथार्थ यो हो
आँखाले देखिएको कुरा साँचो हो तर त्यस्तो औषधिले दीर्घकाल सम्म काम गर्छ कि गर्दैन त ? भन्ने नै महत्पूर्ण कुरा हो । अहिलेसम्म दीर्घ रोगहरू एल्लोपेथिक विधिबाट रोगको समाधान भएको पाइएको छैन । यसकारण आयुर्वेद भनेको हर्बल उपचार मात्र होइन । यससँग विशाल अर्थ छ । यसभित्र खनिज पदार्थ, जान्तवर (जीवजन्तुबाट तयार गरिने औषधि) लगायत थुप्रै तत्वहरु समावेश छन् । त्यसैले आयुर्वेद भनेको दर्शन हो । एल्लोपेथिक विधिले धपक्क संसारभर छायो तर आयुर्वेदले त्यस्तो चमत्कार देखाएन । समस्या यहीनिर हो । अहिले यसबारे सबैलाई चेतना भइरहेको छ । कुन विधि सही हो । भविष्यमा एल्लोपेथिकले पार्ने साइड इफेक्टहरु डर लाग्दा छन् ।

दुई विज्ञान ?
आयुर्वेद जीवन जिउन सिकाउँने विज्ञान÷कला हो । ‘आयुर + वेद’ मिलेर बनेको छ । सबैलाई थाहा छ,जीवन सुखायु, हितायु, अहितायु र दुखायु गरी चावटा आयु मिलेर बनेका छन् । मानव जीवनलाई दीर्घायु र सुखी बनाउने विधि वा पद्धति नै आयुर्वेद हो । त्यसैले जीवन स्वस्थ र सुखी बनाउँने सूत्र केवल आयुर्वेदसँग छ । अहिलेको संसार एल्लोपेथिक विज्ञानमा रहेको छ । जुन पश्चिमी दर्शनमा आधारित छ । त्यसैले एल्लोपेथिक र आयुर्वेदबीच नितान्त फरकपन छ । तर,दुवै पद्धति धर्मसँग जोडिएका छन् । एक समय ब्रिटिस कम्पनी इस्टिनियरले एकछत्र राज गरेको थियो । त्यति बेला मानिसहरू बिरामी हुन्थे । मानिसलाई उपचारको उत्तिकै खाँचो थियो । यससँगै उनीहरूले पश्चिमी दर्शनलाई जोड दिए । त्यसैले हामी पूर्ण पूर्वीय दर्शनमा आधारित छौँ । हामी आफ्नै स्वदेशी कच्चा पदार्थहरुलाई प्रयोगमा ल्याउन सकिरहेका छैनौँ । सबै मानिसहरू पश्चिमी दर्शनमा आधारित छन् । अधिकांश सबै पश्चिमी दर्शनमा आधारित छन् । पश्चिमी र पूर्वीय चिकित्सा पद्धतिबीच यतिमात्र फरक हो,हामी वेदलाई मान्छौँ उनीहरू कुरानलाई मान्दछन् । आधुनिक विज्ञानले सर्जरीबाहेक अन्य केही उपचारको कुरा गर्दैन । जुन एल्लोपेथिक विधि हो । पहिलो कुरा,अब मुलुकमा चिकित्सा पद्धति नै राम्रो हुन आवश्यक छ । यसका लागि राज्य संयन्त्रबाट कदम चालिनुपर्छ । तर, त्यो अवस्था सिर्जना भएको छैन । जस्तोः हिजो गाउँमा जडिबुटी कुटेर पिसेर पनि बिरामीहरु निको भएको थिए । अहिले त्यो पद्धतिको संरक्षण भएको भए जो कोही आजिवन प्यारालाइसिस भएर जिउनुपर्ने हुन्थेन । त्यसैले त्यो विधिको संरक्षण हुन सकेन । यसकारण हामी यस विधिलाई संरक्षण गर्न लागिपरेका छौँ ।

अनमोलको सान

अनमोल आयुर्वेद सेवा स्थापना भएको एक वर्ष बित्दैछ । यसभित्र आयुर्वेद औषधि र कस्मेटिकजन्य औषधिहरु उत्पादन गर्ने गरेका छौँ । हामीले भर्खंरै बजारमा ‘सुनौलो क्रिम’ सार्वजनिक गरेका छौँ । जुन बिशुद्ध जडिबुटीको तेलबाट उत्पादित क्रिम हो । त्यस्तै,अनमोल जडिबुटी उद्योग सञ्चालनमा आएको एक दशक नाघिसकेको छ । यसको प्रधान कार्यालय कोटेश्वरमा अवस्थित छ । संस्थाका शाखा कार्यलहरु कलंकी, सातदोबाटो,नारायणघाट, नुवाकोट, पूर्वमा दमक, इटहरी, बिर्तामोड, र पश्चिममा बुटवल, नेपालगञ्ज र धनगढी रहेका छन् । बजारको मागअनुसार नै हामीले त्यसतर्फ शाखा कार्यालय राखेका हौँ । बजारबाट संस्थाप्रतिको प्रतिक्रिया सकारात्मक आएको छ ।


मुख्यत ः स्वदेशी कच्चा पदार्थ (जडिबुटी) लाई प्राथकिता दिनु नै हाम्रो उद्धेश्य हो । यहीँ उद्धेश्यका साथे औषधि उद्योग सञ्चालन भएको हो । पछिल्लो समय धेरै रुचाइएको आयुर्वेद सेवा ‘अनमोल’ नै हो । किनकि हामीले ग्राहकलाई सन्तुष्टि प्रदान गरेका छौँ । अनमोलको ‘क्लिनिकल’ सेवामा हामी एक नम्बरमा छौँ । पायल्यस,पिस्टोलालगायत रोगहरुके निधन गर्ने औषधिहरु हामीसँग छ । त्यसैले हाम्रो कम्पनी बृहत्तर रूपले अघि बढेको छ ।

भाषणमै सीमित
नेताहरू सबैले आयुर्वेद सेवासम्बन्धि चाखलाग्दा भाषण दिन्छन् । तर, उनीहरू नै अस्वस्थ छन् । साँच्चै भन्ने हो भने उनीहरूलाई आयुर्वेद भनेको त्यति थाहा छैन । यसबारे ज्ञान भइदिएको भए यी बन जङ्गलका जडिबुटीहरु खोलामा बग्ने थिएनन् । जङ्गलभित्र अथाह बहुमूल्य औषधिहरु छन् तर नेताहरूले यसलाई उपयोग गर्न भाषणमा सीमित बनाउँछन् । अर्कातिर हामी सर्वसाधारणले पनि यसबारे बुझ्न आवश्यक छ । स्वदेशी कच्चा पदार्थ उत्पादनबारे त्यस्तो नियम कानुन बनेको छैन । उद्योगको व्यवस्था छेैन । मेसिनरी वस्तुहरू उपलब्ध छैनन् । त्यस कारण कमसल मूल्यमा औषधिहरु विदेश पैठरी भइरहेका छन् । यसप्रति राज्यले अंकुश लगाउन सकेको छैन । राज्यले बैङ्कबाट सहुलियत ऋण उपलब्ध व्यवस्था हुनसक्छ भने उद्योग सञ्चालन गर्न अप्ठ्यारो पर्ने अवस्था हुँदैन्थ्यौँ । अर्कातिर,कच्चा पदार्थमा भन्सार छुट छैन । अब,आयुर्वेदसम्बन्धि आम युवा वर्ग उत्प्रेरित हुन जरुर छ । अब,नेपालीहरूले स्वदेशी उत्पादनमा प्राथमिकतामा दिऔँ स्वदेशी कच्चा पदार्थहरु आफै सतहमा आउँछन् । यो सबैले बुझ्न जरुरी छ । हो,संसारमा सबैबीच प्रतिस्पर्धा हुन्छ । हामीजस्ता सयौँ आयुर्वेद उद्योग सञ्चालनमा छन् । तर,हामी सबैको काम भनेको क्षमता निर्मांण गर्नु नै हो । हामीले कसरी आफ्नो गुणस्तरिय बढाउने भन्नेमा चिन्ता र चासो भन्दापनि सेवा कसरी दिन्ने भन्नेमा सचेत हनुपर्छ ।

आँखा लगाउनुपर्यो
त्यसैले यहाँनिर देखिएको ठुलो समस्या के हो भने–नेपालमा सबैभन्दा बढी कुनचाहिँ जडिबुटी पाइन्छ । यहीँ समस्या छ । कसैसँग कुनै आधिकारिक डाटा छैन । अर्कातिर प्रशोधन र व्यावसायिक समस्या छँदैछ । जस्तो कि : बर्षेनी नेपालमा कति क्विन्टल यार्सागुम्बा सङ्कलन हुन्छ ? त्यो विवरण कसैसँग पनि छैन । त्यसैले हामीमाझ प्रस्ट विवरण नहुनु समस्या हो भने अर्कातिर यसको सही ढङगले व्यावसायिक खेती नहुँनु हो । यसमा किसान र उद्यमीबिच पहँुचको अभाव र राज्यको बेवास्ता हो । त्यसैले सरकारले यस व्यवसायलाई अनुदानको व्यवस्था गर्न जरुरी छ । अन्य क्षेत्रतर्फ अनुदानको व्यवस्था भए पनि यो क्षेत्रमा त्यस्तो कुनै व्यवस्था छैन । त्यसरकाण सरकारले यतातिर पनि प्राथमिकता दिनुपर्छ ।

आयो ‘सुनौलो’

अहिले बजारमा सुनौलो एन्टिमाक्स क्रिम आएको छ । यो विशुद्ध जडिबुटीबाट बनेको छ । यसभित्र जडिबुटी जडित तेलहरु रोजायल,टर्र्मेरिक, लेमन फेवर र एलमन ह्वाइटमा उपलब्ध छन् । यसले कुनै साइट इफेक्ट पार्दैन । यी क्रिमहरु राति सुत्नेबेला शरीरमा प्रयोग गरेपछि बिहान पखाल्नुपर्छ । अनुहारमा जहाँ चायाँ पोतो छन् त्यहाँ क्रिम दलेर हल्का मसाज गर्नुपर्छ । त्यस्तै,अनुहारमा कालो दाग,डण्डीफोरको दाग लागेको छ भने निको पार्छ । साथै, यसभित्र अन्य नेचुरल हब्र्स पनि समावेश छन् । क्रिममा छालाका लागि बहुउपयोगी स्याफ्रोनको प्रयोग गरेका छौँ भने, टर्मेरिक पनि प्रयोगमा ल्याएका छौँ ।

यो बेसारको पाउडर र बेसारकै तेलबाट बनेको छ । यसले अनुहारको कालो, चाया पोतो र डण्डीफोर हटाउँछ । प्रयोग गर्न थालेको एक हप्तापछि यसले प्रतिक्रिया देखाउँन थाल्छ । पुरुषभन्दा महिला बढी अनुहारका लागि सचेत भएको हुनाले बढी महिलाहरुका लागि बजारमा यो क्रिम ल्याएका छौँ । महिलासँगै पुरुषका लागि पनि क्रिमहरु उपलब्ध छन् । सुनौलो क्रिमले छालालाई घामबाट बचाउँछ भने यो क्रिम अनुहारमा मात्र नभई शरीरका छालामा पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *