नाग्म – गमगढी सडक अझै खुुल्न सकेन

२०७४ जेठ १५ गते

“
मुगु, साउन २० नाग्मदेखि गमगढी सडकखग्ण्ड अझै राम्रोसँंग खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक सातामै खुल्ने भनेपनि हालसम्म सडक सहज तरिकाले सञ्चालन हुन सकेको छैन । यातायातका साधनहरु नचल्दा जिल्लामा दैनिक उपभोग्य सामानको समस्या देखा पर्न थालेको छ ।
उपभोग्य सामानको अभाव हुने देखिएपछि व्यापारीहरुले आफूसँग रहेको सामान पनि लुकाएर राख्न थालेका स्थानीयको गुनासो छ । सडक मर्मतका लागि बारम्बार अनुरोध गर्दा पनि सरोकार वाला पक्षले वास्ता नै नगरेको स्थानीयले गुनासो गरेका छन् । उता सडक डिभिजन कार्यलय जुम्लाले भने आफूहरुसँग कम बजेट भएकाले काठमा ढिलाई भएको बताएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित