ब्रायन एडम्सका साथ प्रियंका चोपडाको फोटोसुट !

 काठमाडौं , साउन २० । बलिउड अभिनेत्री प्रियंका चोपडा हालै ‘हार्ट द वल्र्ड फाउन्डेसन’ सँग जोडिएकी छिन् र यसका लागि उनले गायक र फोटोग्राफर ब्रायन एडम्सका साथ एउटा विशेष फोटो सुट गरेकी छन् ।

प्रियंकाले यो फोटोसुटका केही तस्वीर सोसल मिडियामा शशेयर गरेकी छन् । एडम्ससँगको सेल्फी शेयर गर्दै प्रियंकाले लेखेकी छन्, “ब्रायन एडम्ससँग फेरि भेट गरेर खुसी लाग्यो, यो शानदार अभियानको हिस्सा हुन पाउँदा म खुसी छु”

यस अघि सन् २०१३ मा पनि प्रियंकाले एडम्ससँग काम गरिसकेकी छन् । त्यसबेला प्रियंका फेसन ब्रान्ड ‘गेस’ सँग जोडिएकी थिइन् ।

एडम्सले पनि सेल्फी शेयर गर्दै लेखेका छन्, “आज हार्ट वल्र्ड फाउन्डेसन का लागि सुटिङ गर्दै प्रियंकाको गज्जबको तस्वीर”

यो फाउन्डेसनले व्यक्ति र बच्चाका लागि काम गर्छ । अभिनेता म्याड्स मिककेल्सन र पूर्व सुपर मोडल सिंडी क्रोफोर्ड पनि यो अभियानका अभियन्ता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *