भारतको जयपुरवाट उद्धार गरेका बालक परिवारको जिम्मामा

दैलेख, साउन १९ । भारतवाट उद्धार गरी ल्याएका वालकलाई परिवारको जिम्मा लगाईएको छ । भारतको जयपुरबाट साउन ६ गते उद्धार गरेर ल्याइएका बालकलार्ई १० दिनपछि परिवारको जिम्मा लगाईएको हो । कालिकोट जिल्लाको पलाता गाउँपालिका (साविकको थिर्पु गाविस ७) घर भएका सुवास विष्टलाई जिल्ला प्रशासन कार्यालय कालिकोटको रोहोवरमा अभिभावकको जिम्मा लगाईएको हो ।

जिल्लामा रहेका बालबालिका सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, जिल्लामा रहेका संचारकर्मिहरुको उपस्थितिमा विष्टलाई पारिवारीक पुर्नर मिलन गराईएको हो । सुवासका कान्छा बाबु नाता पर्ने भरतराज विष्टले नीजलाई सरोकारवाला निकायको रोहवरमा बुझ्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *