महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने प्रावधान राख्न सुझाव

काठमाडौं, साउन १९ । सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन् । महिला–महिलाबीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने भन्दै सांसदहरुले कूल १६५ निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत क्षेत्र महिलाका लागि छुट्याउन सुझाव दिएका हुन् ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिद्वारा प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमाथि आज आयोजित छलफलमा आ–आफ्ना संशोधन तथा राय सुझाव दिँदै सांसदहरुले स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित निर्वाचनका लागि निर्वाचनको तिथि मिति तोक्ने प्रावधान सरकारलाई भन्दा निर्वाचन आयोगलाई नै दिनुपर्ने सुझाव दिनुभएको हो ।

सांसद ईश्वरी न्यौपानेले कूल निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत क्षेत्रमा महिला–महिला बीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था विधेयकमा समावेश गर्न आवश्यक भएकामा जोड दिनुभयो । सांसद श्यामकुमार श्रेष्ठले समानुपातिक निर्वाचनको बन्द सूची निर्वाचन आयोगमा पेश गरिसकेपछि परिवर्तन हुन नसक्ने प्रावधान राख्न सुझाव दिनुभयो । सांसद रामनारायण बिँडारीले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *