लगानी बढाउनु सरकारको प्राथमिकता भएको प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा आज आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताउनुभयो ।

कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ थियो । लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरिबी निवारण, द्वन्द्व व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलनजस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *