कोरियन भाषा उत्तीर्णहरुको आवेदन र स्वास्थ्य परीक्षण तिहार पछि हुने

साउन १९, काठमाडौं  । कोरियन भाषा परीक्षा उत्तीर्णहरुको रोजगार आवेदन र स्वास्थ्य परीक्षण कात्तिक दोश्रो हप्ता हुने भएको छ ।

तिहार र छठ पर्व लगत्तै स्वास्थ्य परीक्षण र रोजगार आवेदन भराइने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो । स्वास्थ्य परीक्षण र ‘जब एप्लिकेसन’ दिने मिति भने मानव संसाधन विकास (एचआरडी) कोरियासँग छलफल गरेर तोकिने उहाँले जानकारी दिनुभयो ।

भाषा परीक्षा उत्तीर्णहरुले दसैँ र तिहार बिचमा प्रहरी प्रतिवेदन बनाउन शाखाले आग्रह गरेको छ । रोजगार आवेदन भर्न आउँदा आफ्नो नामको कुनै ‘क’ वर्गको बैंक खाता खोलेको प्रमाण र इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने छ । आठौं कोरियन भाषा परिक्षामा सहभागी मध्ये १२ हजार १०८ जना उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *