नेपालको कूटनीतिक सम्बन्ध कमजोर बन्दै

साउन १९, मकालु खबर । परराष्ट्रवीद्हरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सकिने धारणा राखेका छन् । परराष्ट्रवीद्हरुले शंका र संकीर्णता दुवै हावी हुँदा नेपालको कूटनीतिक सम्बन्ध कमजोर बन्दै गएको पनि स्पष्ट पारेका छन् ।

नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औं वर्ष गाँठको अवसर पारेर विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री एवम् परराष्ट्रवीद् रमेशनाथ पाण्डेले नेपालको दुई ठूला छिमेक भारत र चीनसँगको सम्बन्ध विग्रदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भारत र चीनबीचको बढ्दो तनाव नेपालका लागि खतरनाक हुने चेतावनी पनि दिनुभयो । उहाँले साना राष्ट्रका लागि विश्व निर्दयी हुने गरेको इतिहास स्मरण गराउँदै आफ्नो हित अनुकूलको कूटनीतिक सम्बन्ध कायम राख्न सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

परराष्ट्रवीद एवम् पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुटनीतिक सम्बन्धलाई बलियो बनाउन आपसी विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले नेपाल–भारत, नेपाल–चीन बीचको सम्बन्ध बलियो बनाउन शंका र संकीर्णतावादी दृष्टिकोण त्याग्नुपर्ने पनि स्पष्ट पार्नु भयो । पूर्व परराष्ट्रमन्त्री पाण्डेले सरकारको संकीर्ण सोचकै कारण चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि बढाउन कठिनाई भइरहेको पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *