प्रधानमन्त्रीद्वारा मुग्लिन नारायणघाट सडकखण्ड निरिक्षण

काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ, मुग्लिन सडकखण्ड निर्माणका स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन पछि प्रधानमन्त्री देउवाले काम छिटो सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन पनि दिनुभयो ।

आज भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर लगायतको टोलीलाई लिएर सडक अनुगमन गर्नुभएका प्रधानमन्त्री देउवाले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताउनुभयो । नारायण मुग्लिन सडकखण्ड देशकै लाईफ लाईन भएको भन्दै प्रधानमन्त्री देउवाले यो सडक निर्माणमा कुनै पनि किसिमको ढिला सुस्ति नगर्न आग्रह गर्नुभयो । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो सडक निर्माण पुरा गर्न उहाँले सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।

सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने पनि सिधै आफुलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *