जग्गा खरिदमा अनियमितता भएको पाइए कडा कारवाही गर्ने चेतावनी

साउन १८, मकालु खबर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइए कडा कारवाही गर्ने चेतावनी दिएको छन् । मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमीकमजोरी देखिएको उल्लेख गर्दै थप अनुसन्धान गरी दोषीमाथि कार्वाही गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरे । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रिया बारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।

बैठकमा बोल्दै नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सरकारको निर्णय अनुसार नै जग्गा खरिद गरिएको दावी गरे । उहाँले जग्गा खरिद ऐन अनुसार प्रक्रिया अघि बढाउँदा ढिलाई हुने भएकाले टेण्डर आह्वान गर्नु परेको बताए । निगमका प्रबन्ध निर्देशक खड्काले पेट्रोलियम पदार्थको अभाव हुन नदिन जग्गा खरिद प्रक्रिया छिटो अघि बढाउन निगम बाध्य हुनु परेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन् । विचौलिया मार्फत ठूलै कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *