जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमण

साउन १८, जाजरकोट । जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमणको चपेटामा परेको छ । स्थानीयबाट अस्पतालको जग्गा अतिक्रमण भएको हो । सदरमुकामको ठाटीबजारमा रहेको अस्पतालको ४० रोपनी जग्गामा ५ रोपनी बढी जग्गा स्थानीयबाट कब्जा भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिनुभयो ।
दर्जन बढी पक्कि घर बनेका छन् । लभ रोडको दायाँ बाँया र थाप्लेचौर जाने बाटोको दायाँबायाको जग्गा स्थानीयबाट अतिक्रमण भएको अध्यक्ष शाहले बताउनु भयो । अतिक्रमण हटाउन आफ्नो एकल प्रयासले नसकिने भन्दै शाहले यस तर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने बताउनु भएको हो ।
जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुँदा उक्त जग्गा अस्पतालको नाममा थियो । ४० रोपनी जग्गामा ८ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ् रोपनी खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयलाई र ११ आना जग्गा बृदाश्रमलाई उपलब्ध गराई सकेको जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर राजेन्द्र जीसीले जानकारी दिनुभयो । भने, बाँकी रहेको जग्गामा स्थानीयबासीले घर निर्माण गरेको जीसीको भनार्इ छ ।
सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरिनु राम्रो पक्ष नरहेको भन्दै जीसीले अस्पतालले जति बेला पनि सो जग्गा खाली गराउन सक्ने जीसीले बताउनु भयो । त्यसैगरी, जिल्लामा जिल्ला बन कार्यालय, राष्ट्रिय अनुसुन्धान, प्रहरी, अस्पताल लगायतका कार्यालयका सरकारी जग्गा स्थानीयबाट अतिक्रमण भएको छ । सरकारी सम्पतीमा स्थानीयले रजार्इ गर्दा समेत नियमक निकाय मौण रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *