नेपालगन्ज भन्सार कार्यालय लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल

साउन १८, नेपालगन्ज । आर्थिक बर्ष २०७३/७४ मा बाँकेको नेपालगन्ज भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक बर्षको तुलनामा २७ प्रतिशत बढि राजस्व संकलन गरेको हो ।
गत आर्थिक बर्ष २०७२/७३ मा कुल लक्ष्य ४ अरब ९९ करोड ६३ लाख १ हजार राजस्व संकलन गर्ने लक्ष्य भएता पनि ५ अरब ६५ करोड ६६ लाख ५६ हजार राजस्व संकलन गरेको थियो । भने, लक्ष्यको ११३ प्रतिशत बढि राजस्व संकलन गरेको हो । यो अर्थिक बर्ष २०७३/०७४ मा ५ अरब २० करोड  ५३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।  अर्थिक बर्ष २०७३/०७४ मा ७ अरब २० करोड ७३ लाख ३३ हजार राजस्व संकलन गरेको छ । संकलन गरिएको उक्त राजश्व लक्ष्यको १ सय ३८ प्रतिशत बढी रहेकोे  सुचना अधिकारी लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो ।
लक्ष्य भन्दा १३८ प्रतिशतले बढि राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ । गत अर्थिक बर्षको तुलनामा २७.४१ प्रतिशतले बढि राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारी लक्ष्मीलत्त जोशीले जानकारी गराउनु भयो । नेपालगन्ज भन्सारमा उठ्ने राजश्वमा सबैभन्दा बढि स्रोत भनेको पेट्रोलियम पदार्थको रहेको हुन्छ । पेट्रोलीय पदार्थबाट ६५ प्रतिशत राजस्व उठ्ने गरेको छ । खुल्ला सिमानाका कारण हुने चोरी, पैठारीमा नियन्त्रण गरिएको कारण राजश्व संकलनमा उच्च सफलता प्राप्त भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारी लक्ष्मीदत्त जोशीले चोरी पैठारी, जाँचपासमा कडाई, मालबस्तुको यथार्थ मुल्यांकन, सिगंल इन्ट्रि सिस्टम लागू लगायतका कारणले राजश्व संकलनमा वृद्वि भएको बताउनुभयो । नेपालगन्ज भन्सार कार्यालय राज्यलाई राजश्व योगदान दिनेमा मुलुककै पाचौँ नम्बरमा रहेका छ । भारतसँगको खुल्ला सिमानाको कारणले समेत धेरै सामानहरु राजश्व छली गरेर नेपाल भित्रीने गरेको छ । अब देखि भन्सार कार्यालयमा थन्किएर रहेका यातायातका सामानहरु बार्षिक रुपमा लिलाम गरिने पनि जोशीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *