सहयोग मागेर जेनजी आन्दोलनमा क्षति भएका संरचना पुननिर्माण

चितवन । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय(मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गरेका थिए ।

कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए ।

सङ्घका निवर्तमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने मनसायले संरचना निर्माणमा सहयोग गरेको बताए । जेनजी प्रदर्शनमा जिल्लामा क्षति भएका केही संरचनाको पुनर्निर्माण जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =