सरकारका कदम संघीयता र संविधानको पक्षमा छैनन्: विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरू संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाएका छन् ।
वीपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो यस्तो आरोप लगाएका हुन् ।
सरकार गठन भएको १ सय दिन बितिसक्दा समेत संघीयता, गणतन्त्र, समावेशिता, लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयनतर्फ सरकार अग्रसर नभएको उनको आरोप छ । उनले गत फागुनमा सम्पन्न निर्वाचनमा कुन शक्तिले प्रभाव पार्यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने समेत बताए । उनले रास्वपाको चितवन महाधिवेशनपछि सामाजिक लोकतन्त्रको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा पुगेको र पार्टीको संस्थापन पक्ष प्रतिस्पर्धामा उत्रिएको टिप्पणी पनि गरे ।
उनले पार्टी सभापति थापाले वीपीको विचार प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्रको विचार नेपाली काँग्रेसमा प्रवेश गराउने कार्य गरिरहेको आरोप पनि लगाए ।
उनले मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि काँग्रेस एकताबद्ध हुन जरुरी रहेको पनि बताए ।








