कांग्रेस विभाजन उन्मुखः इतर पक्षले बोलायो साउन २९ गते राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ। बिपी स्मृति दिवसको अवसरमा आज छुट्टै कार्यक्रम गर्दै नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौं तय गरेको घोषणा गरेका हुन् ।

नेता सिंहले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए । विशेष र नियमित महाधिवेशनको कारणले पार्टी विभाजित अवस्थामा रहेकाले एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।

बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. शेखर कोइरालालगायतले देशको अवस्था अत्यन्त जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद नभई एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उनिहरुले विशेष महाधिवेशनको नाममा गगन थापाले पार्टी कब्जा गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =