लगानी बोर्डको सीईओका लागि ८ जना सर्टलिस्टमा

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना सर्टलिस्टमा परेका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना उम्मेदवारको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ८ जनाको बिहीबार र शुक्रबार अन्तरवार्ता हुनेछ ।

सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा.सरोज कोइराला, याङकी उक्याव, बखत बहादुर शाही, मनोज पौडेल र इन्जिनियर मधु प्रसाद भेटुवाल सर्टलिस्टमा परेका छन् ।

उनिहरुको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि साउन ७ र ८ गते अर्थ मन्त्रालय सिंहदरबारमा सञ्चालन हुनेछ ।

समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पहिलो दिन साउन ७ गते चार जना र दोस्रो दिन साउन ८ गते बाँकी चार जनाको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =