सरकारको ‘लखपति योजना’: सक्कली बिल लिनुस्, लखपति बन्नुस्
२०८३ साउन ५ गते

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई लक्षित गर्दै ‘लखपति योजना’ ल्याउने भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिएका नागरिक यो योजनामा सहभागी हुन पाउनेछन् ।
योजनामा सहभागी हुन एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ ।
प्राप्त बिल नम्बर नै लखपति योजनामा सहभागी हुने आधार बन्नेछ ।
सरकारले हाललाई हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा लखपति योजनाका विजेता घोषणा गर्ने तयारी गरेको छ ।
यो योजनामार्फत कर प्रणालीलाई व्यवस्थित बनाउने र नागरिकलाई बिल लिन प्रोत्साहित गर्ने सरकारको उद्देश्य रहेको छ ।
२०८३ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








