मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारियो

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको जानकारी गराएको हो ।

साथै गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरुको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकोे जनाएको छ ।

उक्त सर्वेक्षण सम्पन्न भएपछि विभिन्न पदहरुको दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचार दरबन्दी भन्दा बढि भई फाजिलमा पर्न सक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ । फाजिलमा पर्ने कर्मचारहरुको दरबन्दी मिलानलाई ध्यानमा राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने पनि आज बसेको सचिवहरूको बैठकले निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले स्थायी पदपूर्ति नगर्ने र त्यसका लागि लोक सेवा आयोगमा मागसमेत नगर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =