विद्यालय नेतृत्वलाई मनमोहनको अभिमुखीकरण प्रशिक्षण

विराटनगर । विराटनगरमा सामुदायिक विद्यालयका अधिकारीलाई तालिम प्रदान गरिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग, साइबर बुलिङ, विद्यालयभित्र हुने हिंसा, यौनजन्य दुव्र्यवहार तथा बालअधिकार उल्लङ्घनका घटनाका बारेमा जानकारी दिने उद्देश्यले उक्त प्रशिक्षण प्रदान गरिएको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ ल ले विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र प्रशासनिक नेतृत्वलाई लक्षित गर्दै कानुनी साक्षरतासम्बन्धी कार्यक्रम सुरु भएको हो ।

विराटनगरमा आज आयोजित प्रशिक्षण कार्यक्रममा विद्यार्थीबीच हुने झैझगडा, साइबर बुलिङ, सामाजिक सञ्जालमा शिक्षक वा विद्यार्थीको तस्बिर तथा भिडियोको दुरुपयोग, विद्यालयको गोपनीयता भङ्ग, यौन हिंसा, बालअधिकार उल्लङ्घन तथा विद्यालय सुशासनसँग सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो ।

मनमोहन इन्स्टिच्युट अफ ल का अधिवक्ता जिवेश झाले सामाजिक सञ्जालमा हुने गतिविधि, कृत्रिम बौद्धिकता (एआई) मार्फत तस्बिर वा भिडियोको दुरुपयोग, शिक्षक–विद्यार्थी सम्बन्धबाट उत्पन्न हुने कानुनी जटिलता तथा विद्यालय प्रशासनले अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे जानकारी दिएका थिए ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले विद्यालयमा साइबर अपराध र कानुनी विवाद बढ्दै गएकाले विद्यालय नेतृत्वलाई समयमै कानुनी रूपमा सक्षम बनाउन अभिमुखीकरण अभियान सुरु गरिएको बताए ।

विश्वविद्यालयका रजिस्ट्रार डा किशोर अधिकारीले विद्यालय तथा कलेजलाई कानुनी र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउन विश्वविद्यालयले छिट्टै ‘लिगल परामर्श क्लिनिक’ सञ्चालन गर्ने सोचाइ अगाडि बढिसकेको जानकारी दिए ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेज तथा स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एन्ड ल सञ्चालनमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =