काठमाडौंमा ‘क्लब अफिसर्स स्कुलिङ’ सम्पन्न

काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम शनिबार बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट ९ख्म्ए० लियो माधव तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुशप्रसाद मल्ली प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा प्रमुख प्रशिक्षक लायन आर।बी। अधिकारीसहित विभिन्न लायन्स तथा लियो नेतृत्वकर्ताले नेतृत्व विकास, संगठन सञ्चालन र सेवामूलक कार्यसम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रममा काठमाडौंका विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य र साधारण सदस्य गरी १५६ भन्दा बढीको सहभागिता रहेको थियो। पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण तथा नयाँ सदस्यका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको वार्षिक मूल मन्त्र ‘कर्मसहितको नेतृत्व’ अनुरूप आयोजित उक्त कार्यक्रमले क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन र जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप तथा प्रेरणा प्रदान गरेको जिल्ला प्रवक्ता लियो डा। जनक राज बडूले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =