काठमाडौँमा भोलि अति भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन अनुरोध
२०८३ साउन २ गते

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।
सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो ।
२०८३ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








