हर्मुज जलडमरूमध्यमा अमेरिकाद्वारा पुनः नौसैनिक नाकाबन्दीको घोषणा

एजेन्सी । अमेरिकी सेनाले मङ्गलवारदेखि सामरिक महत्वको हर्मुज जलडमरूमध्यमा पुनः नौसैनिक नाकाबन्दी सुरु गरिएको घोषणा गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा हुने जल यातायातलाई लक्षित गरी पूर्वीय समयअनुसार मङ्गलवार दिउँसो ४ बजेदेखि नाकाबन्दी प्रभावकारी भएको जानकारी दिएको छ ।

सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोत र सयौँ सैन्य विमानहरू परिचालन गरिएका छन् । अमेरिकी सेना पूर्ण रूपमा सतर्क र प्रतिकारका लागि तयारी अवस्थामा छ ।’

नाकाबन्दी सुरु गर्नुभन्दा एक घण्टा अगाडि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा थप हवाई आक्रमण समेत गरेको सेन्ट्रल कमान्डले पुष्टि गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य इरानबाहेक अन्य सबै मुलुकका जहाजहरूका लागि खुला रहने स्पष्ट पारे ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै भनेका छन्, ‘हामीले इरानी बन्दरगाहमा आवतजावत गर्ने वा इरानी कार्गो बोकेका जहाजहरूमाथि पूर्ण नाकाबन्दी लगाउनेछौँ, तर अन्य जहाजका लागि यो मार्ग खुला रहनेछ ।’

यस कदमसँगै मध्यपूर्वमा तनाव थप बढ्ने देखिएको छ । विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने यस जलमार्गमा लगाइएको नाकाबन्दीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =