गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु

एजेन्सी । गाजा शहरमा रहेको एक आरन (फलामको वर्कसप) लाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा चार जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले गाजा शहरको दक्षिणमा पर्ने साब्रा क्षेत्रमा अवस्थित वर्कसपमा कम्तीमा तीनवटा मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणमा चार जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार हवाई आक्रमणबाट कार्यशाला वरपरको क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ । पीडितहरूको शवलाई स्थानीय अस्पतालमा लगिएको छ । यस सैन्य कारबाहीका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्वमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ७३ हजार २ सय २१ पुगेको छ भने १ लाख ७३ हजार ६ सय ४३ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =