पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन र तनाव कम गर्न आग्रह

एजेन्सी । पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इसहाक डारले आईतवार संयुक्त राज्य अमेरिका र इरानलाई तनाव न्यूनीकरण गर्न र संयमता अपनाउन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डारले इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीसँगको टेलिफोन कुराकानीका क्रममा विकसित क्षेत्रीय परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए । सोही क्रममा उनले सन् २०२६ जुनको ‘इस्लामावाद समझदारी पत्र’ मा सहमति भएबमोजिम दुवै देशलाई तनाव कम गर्ने बाटो अवलम्बन गर्न आह्वान गरे ।

मन्त्री डारले क्षेत्रीय विवाद समाधान र स्थायी शान्ति एवं स्थिरता प्राप्तिका लागि संवाद र कुटनीति मात्र एकमात्र व्यवहारिक मार्ग रहेकोमा जोड दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी, क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न तथा यसलाई कायम राख्न पाकिस्तानले निरन्तर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत उनले दोहोर्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =