अफगानिस्तानको जनसंख्या ३ करोड ७२ लाख पुग्यो, वार्षिक वृद्धिदर २.२ प्रतिशत

एजेन्सी । अफगानिस्तानको कुल जनसंख्या ३ करोड ७२ लाख पुगेको छ । देशको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण (एनएसआइए) ले शनिवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार अफगानिस्तानको जनसंख्यामा वार्षिक २.२ प्रतिशतको वृद्धि देखिएको हो ।

प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफिले स्थानीय सञ्चारमाध्यम ‘एरियाना न्यूज’लाई दिएको जानकारीअनुसार कुल जनसंख्यामा पुरुषको हिस्सा ५१ प्रतिशत र महिलाको हिस्सा ४९ प्रतिशत रहेको छ । जनसंख्याको भौगोलिक वितरणलाई हेर्दा, करिव ७० प्रतिशत अर्थात २ करोड ६० लाख मानिस ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् ।

त्यसैगरी, २६ प्रतिशत (९८ लाख) जनसंख्या शहरी क्षेत्रमा बसोवास गर्छन् भने बाँकी ४ प्रतिशत जनसंख्या फिरन्ते (नोम्याडिक) समुदायको रहेको प्रतिवेदनमा उल्लेख छ । प्रादेशिक हिसावले राजधानी काबुल सबैभन्दा बढी जनसंख्या भएको प्रान्त बनेको छ ।

काबुलको कुल जनसंख्या ६४ लाख रहेको छ, जसमा ३३ लाख पुरुष र ३१ लाख महिला छन् । त्यस्तै, २४ लाख जनसंख्या भएको हेरात प्रान्त दोस्रो स्थानमा रहेको छ । एनएसआइएको तथ्याङ्कअनुसार अघिल्लो वर्ष अफगानिस्तानको कुल जनसंख्या ३ करोड ६४ लाख रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =