भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम

काठमाडौं । दुई सय १३औँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आज आयोजित कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको उक्त उक्त प्रतियोगितामा सञ्चिता शर्माले द्वितीय, राममाया श्रेष्ठले तृतीय र दयाराम पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
यसैगरी रामायण वाचन प्रतियोगितामा पुनम सुनार प्रथम भए । प्रतियोगितामा सुजता पौडेलले द्वितीय, सरस्वती डौलीयाले तृतीय र अवानी काफ्लेले सान्त्वना स्थान प्राप्त गरे ।
कविता वाचन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ भने रामायणवाचन प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार प्रदान गरिने समितिका कार्यकारी सचिव कृपाहरि लौडारीले जानकारी दिए । उक्त पुरस्कार सोमबार आयोजना हुने भानु जयन्ती विशेष समारोहका बीच प्रदान गरिनेछ ।








