राप्ती नदीमा बेपत्ता एक जनाको शव फेला
२०८३ असार २८ गते

काठमाडौं । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिका मध्ये एक जनाको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ ।
शनिबार पौडी खेल्न गएका दुवै जना घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । दुवै बालबालिका शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए । उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरुलाई जानकारी दिएका थिए ।
२०८३ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








