कैलालीको गोदावरी नदीबाट एक जनाको उद्धार
२०८३ असार २८ गते

प्रतिकात्मक तस्बिर
काठमाडौं । कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।
गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।
नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।
२०८३ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








