हात्ती प्रजनन केन्द्र निरीक्षणमा मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थिइन् ।

उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् ।

मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’ का रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवर्द्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =