भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

एजेन्सी । भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए । दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।

घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =