विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण विषय: यामाल

एजेन्सी । स्पेनको लक्ष्य यसपालिको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् ।

बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत गोल सङ्ख्याको दौडमा लाग्नु सही नहुने बताएका हुन् ।

लियोनेल मेस्सी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केन जस्ता स्टारहरू गोल गर्न व्यस्त रहेको यो प्रतियोगितामा १८ वर्षीय यामालले अहिलेसम्म जम्मा एक गोल मात्र गरेका छन् । साउदी अरबविरुद्धको ४–० को सामान्य जितमा उनले विश्वकपका लागि पहिलो गोल गरेका थिए । “म गोल गर्न चाहन्छु तर मैदानमा जाँदा म यसैबारे सोच्दिनँ। म टिमलाई सहयोग गर्न सोच्छु,” यामालले भने ।

बार्सिलोनाका स्टारले लस एन्जलसमा फ्रान्ससँग सेमिफाइनल खेल्ने गरी भएको जितपछि भने, “महत्वपूर्ण कुरा जित हो । यदि हामी विश्वकप जित्यौं भने मैले गोल गरे वा नगरेको कसैलाई याद रहँदैन ।” उनले भने, “मलाई थाहा छ कि गोल नगरे पनि म टिमलाई योगदान दिन सक्छु। मेरो गतिविधिले धेरै प्रतिद्वन्द्वीलाई तान्छ, त्यसैले म आफ्नो देशको टोलीको लागि सबै योगदान गर्न तयार हुन्छु।”

सन् १६ वर्षको उमेरमा नै यामाल स्पेनको ‘युरोपियन च्याम्पियनसिप’ जित्ने टिमका लागि उदीयमान फुटबल स्टार बन्न सफल भएका थिए । उक्त जितमा उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा गरेको शानदार गोल समग्र प्रतिस्पर्धाको जम्मा एक गोल मात्र थियो ।

उनले मुस्कुराउँदै भने, “धेरैले मलाई धेरै गोल गर्नुपर्छ भन्ने धारणा राख्छन्, तर युरोमा पनि मैले एक गोल गरेर टिमले जितेको थियो। यहाँ पनि मेरो एक गोल भइसकेको छ, त्यसैले म शान्त छु ।”

स्पेनले यस विश्वकपमा धेरै गोल गर्ने समूह फ्रान्सलाई हराउन चाहन्छ भने यामालबाट थप गोलको आशा गरिएको छ। उनी सेमिफाइनल अघिल्लो दिन १९ वर्ष पुग्दैछन् । यामालले भने, “उनीहरूले लगातार तीन विश्वकप फाइनलमा पुग्नेछन् वा हामीले उनीहरूलाई तीन पटक हराउँनेछौँ भन्ने अहिले दुई सम्भावना रहेका छन् । हेर्न बाँकी छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =