बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको निधन

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको निधन भएको छ ।

आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका ४५ वर्षीय राउतको वीर अस्पतालमा निधन भएको हो ।

आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । राउतको शरीर ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

राउतको आत्मदाहको प्रयासको कारण भने खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =