कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको सङ्क्रमण तीव्र भएको छ । कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या ६४८ जना पुगेको छ भने  एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश  भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देएको भन्दा दुईदेखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =