गणेश नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो: गृहमन्त्री गुरुङ
२०८३ असार २६ गते

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको तर निजको स्वास्थ्य अवस्था अस्थिर भएको चिकित्सकहरुले बताएपछि त्यता लैजान नसकिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मन्त्री गुरुङले नेपालीलाई भारत लैजान भारतसँग समन्वय पनि गरेको बताए ।
मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए ।
मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
२०८३ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








