सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद लगायतका ४ विधेयक टेवल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू टेवल गरिएको छ ।

बैठकमा सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभाबाट पारित भई आएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३०’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सदनसमक्ष टेवल गरेका हुन् ।

उक्त विधेयकहरू टेवल भएसँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =