त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन गर्दै अर्थ समिति

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रवार (असार२६ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गर्ने भएको छ।

समितिले शुक्रवार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको करिब आधा घण्टा स्थलगत निरीक्षण गरेपछि टोली २:३० बजे भन्सार कार्यालयतर्फ जाने कार्यक्रम छ।

भन्सार कार्यालयमा दिउँसो २:४५ बजेदेखि ४ बजेसम्म स्थलगत अनुगमन गर्नुका साथै त्यहाँका पदाधिकारीहरूसँग सेवा प्रवाह, कार्यसम्पादन तथा अन्य समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्य तालिका तय गरिएको छ।

समितिका सभापति डा. कृष्णहरि बास्कोटाको नेतृत्वमा हुने अनुगमनमा समिति सदस्यहरू सुशील खड्का, कृष्णकुमार काफ्ले, खड्कबहादुर बुढा, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्रा. डा. पुष्पराज कँडेल र विधुशी राणा सहभागी रहनेछन्। समितिका सचिव लक्ष्मण अर्यालसहित सचिवालयका अन्य कर्मचारी पनि टोलीमा रहनेछन्।

अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन, व्यवस्थापन तथा राजस्व प्रशासनसँग सम्बन्धित विषयको अध्ययन र अनुगमनका लागि स्थलगत निरीक्षण गर्न लागेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =