सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशका रूपमा प्राप्त उक्त विधेयकमाथिको दफावार छलफलपछि बिहीबार बसेको बैठकले यसलाई पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय आवश्यकता र समयको दबाबलाई मध्यनजर गर्दै सौहार्दपूर्ण एवं विवेकपूर्ण ढंगले कानुन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले राष्ट्रिय सभालाई ‘विद्वत सभा’ को संज्ञा दिँदै सांसदहरूबाट प्राप्त रचनात्मक सुझाव र पृष्ठपोषणले विधेयकलाई परिष्कृत बनाउन सहयोग पुगेको उल्लेख गरे ।

मन्त्री वाग्लेले भने, ‘हामीले समयको पाबन्दी र राष्ट्रिय आवश्यकता दुवैलाई सँगसँगै लैजानुपर्ने चुनौतीपूर्ण समयमा पनि एउटा उन्नत निकास निकाल्न सफल भएका छौँ, यसले मुलुकलाई अगाडि बढाउन सकारात्मक सहयोग पुग्नेछ ।’

सभाका अध्यक्षले निर्माणार्थ प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको घोषणा गरे । यो विधेयक पारित भएसँगै सम्पत्ति शुद्धीकरण निवारण र व्यावसायिक वातावरण सुधारका लागि आवश्यक कानुनी आधार सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =