अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
२०८३ असार २५ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौ वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेस गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।
त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेस गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले पेस गरेकी हुन् ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने हुन्छ ।
२०८३ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








