प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरिन् ।

मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताइन् ।

त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावमा विरोधको सूचना प्राप्त हुन नआएकाले उक्त विधेयक प्रस्तुत गर्न अनुमति दिइन् । सरकारले यही असार १६ गते सङ्घीय संसद् सचिवालयमा सो विधेयक दर्ता गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =