राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
२०८३ असार २५ गते

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफाबार छलफलमा भाग लिँदै सभाका सदस्य डा प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरे ।
बैठकको शून्य समय सदस्यहरूले सुकुमवासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गरे ।
२०८३ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








