राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयास: नेकपा सांसदले सोधे- सरकार कहाँ छ ?

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसदलाई जानकारी गराए ।

सम्बोधनका क्रममा दुलालले सरकारको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाए ।

उनले भने ‘जनताको घरदैलोमै राहदानी पुर्याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिन्छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ ? कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो ?’

उक्त घटनाप्रति दुःख प्रकट गर्दै उहाँले सरकारलाई नागरिकका समस्याप्रति संवेदनशील हुन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =