किसानको आँसुको व्यापार नगर्नुस्- रास्वपा सांसद कठरिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गरिन् । उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताइन् । किसानको आँसुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन् ।

उनले भनिन् ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरु ज्वरो सहौँला, रोग सहौँला तर भोक र खेतको खडेरी सहँदैनौँ । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय रु मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौँ फोन गर्दा पीडा भइरहेको छ सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रस्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्त्वपूर्ण नबनोस् ।’

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =